काठमाडौं । गायक राजेश सापकोटाको बियोगान्त प्रेम कथामा आधारित नयाँ म्यूजिक भिडियो ‘आज फेरि’ सार्वजनिक भएको छ ।
प्रेमी–प्रेमीकाबीचको प्रेमपछिको विछोडलाई गीतमा समेटिएको छ । आफ्नी मायालुलाई पराईको अँगालोमा बाँधिएको देख्दा उत्पन्न हुने पीडालाई गीतमा व्यक्त गरिएको छ ।
यो गीतमा घनश्याम प्याकुरेलको शब्द तथा सुवास भुषालको संगीत संयोजन रहेको छ । यस्तै रोशन लुइँटेलको छायाँकन, विजयराज भुर्तेलको सम्पादन तथा देव धिमालको निर्देशन भिडियोमा विजयराज भुर्तेल, दिपिका थापा र दीपेन्द्र घिमिरेको अभिनय छ ।
हेर्नुहोस् भिडियो–
















प्रतिक्रिया