३१ आश्विन २०८३, शनिबार

गण्डकी प्रदेश सरकार पनि मन्त्रिमण्डल हेरफेरको तयारीमा

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, ९ असोज । संघीय सरकारको मन्त्रिमण्डल पुनर्गठनको रस्साकस्सी चलिरहेको बेला गण्डकी प्रदेश सरकारले पनि आफ्नो मन्त्रिमण्डल पुनर्गठनको तयारी थालेको छ ।

सम्भवतः संघीय मन्त्रिमण्डलभन्दा अघि नै गण्डकी प्रदेशमा मन्त्रिमण्डल पुनर्गठन भइसक्ने अनुमान गर्न सकिन्छ । यद्यपि नेकपा भित्रकोको आन्तरिक विवादको कारण भने गण्डकी प्रदेश सरकारको मन्त्रीमण्डल हेरफेरको कामको टुंगो नलागेको स्रोतले बताएको छ ।

मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङका अनुसार मन्त्रीमण्डल हेरफेरको काम अन्तिम चरणमा पुगेको बताउँदै हचुवाको भरमा मन्त्रीहरुलाई हटाउने थप्ने भन्दा पनि कार्य मूल्यांकनको आधारमा जिम्मेवारी हेरफेर गरिने तयारी छ ।

ंंंंगण्डकीले १२ जनाको मन्त्रीमण्डल निर्माण गर्नसक्ने भए पनि अहिले ६ जना मात्रै मन्त्री छन् । अब मन्त्रिपरिषद् विस्तार गरेर १० जनासम्म पुर्याउने तयारी भइरहेको मुख्यमन्त्री गुरुङको भनाइ छ ।