३१ आश्विन २०८३, शनिबार

मन्त्रिमण्डल पुनर्गठनमा सहमतिनजिक पुगे ओली–प्रचण्ड

532
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ असोज । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिमण्डल पुनर्गठनको अन्तिम तयारी गरेका छन् ।

बिहीबार मात्रै करीब ३ घण्टा छलफल गरेका दुई नेताले आज शुक्रबार पनि भेटवार्ता गर्दैछन् । आजको छलफलपछि दुई अध्यक्ष मन्त्रिमण्डल पुनर्गठनको तहमा पुग्ने बताइएको छ ।

दुई नेताबीच मन्त्रिमण्डल पुनर्गठनमा अपनाइने मापदण्डका बारेमा छलफल भइरहेको छ । पात्रका बारेमा भने सहमति जुटेसँगै मन्त्रिमण्डल पुनर्गठन हुने बताइएको छ ।

यसअघि गत आइतबार बसेको सचिवालय बैठकमा सरकारलाई थप प्रभावकारी बनाउन आवश्यक रहेको भन्दै मन्त्रिमण्डल हेरफेर गर्न प्रस्ताव गरिएको थियो । सोही अनुसार विभिन्न तीन विकल्पमा छलफल भए पनि कुन विकल्प कार्यान्वयन गर्ने भन्नेमा दुई अध्यक्षलाई नै निर्णय गर्ने जिम्मा दिइएको थियो ।

अध्यक्ष प्रचण्ड दुई वर्ष कार्यकाल पूरा गरेका सबै मन्त्रीहरु फेर्नुपर्ने पक्षमा छन् भने ओली त्यसो गर्ने पक्षमा छैनन् । त्यसैले सहमति जुट्न समस्या भइरहेको छ ।

अध्यक्षद्वयबीच आजभोलि नै सहमति जुट्ने र मन्त्रिपरिषद् पुनर्गठन हुने स्रोतको दाबी छ ।