३१ आश्विन २०८३, शनिबार

नेविसंघसँगको सहमतिपछि असोज २५ गतेभित्रै परीक्षा तालिका प्रकाशन गर्दै त्रिवि

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ असोज । त्रिभुवन विश्वविद्यालयले कोभिड–१९ का कारण स्थगित भएका सबै परीक्षाहरु आगामी मंसिर तेस्रो सातदेखि शुरु गर्ने गरी परीक्षा तालिका प्रकाशन गर्ने भएको छ ।

आन्दोलनरत नेपाल विद्यार्थी संघ (नेविसंघ) सँगको सहमतिपछि त्रिविले उक्त तयारी थाल्ने भएको हो । त्रिभुवन विश्वविद्यालय (त्रिवि) वार्ता समिति र आन्दोलनरत नेपाल विद्यार्थी संघ त्रिवि समितिबीच २३ बुँदे सहमति भएको छ ।

त्रिवि वार्ता समितिका तर्फबाट गंगाबहादुर मगर र नेविसंघकातर्फबाट सम्झना केसी, जगदिश भट्ट, हरि आचार्य र श्यामचन्द्र अधिकारीबीच विहीबार सहमति भएको हो ।

उनीहरुबीच कोभिड–१९ का कारण स्थगित भएका त्रिविका परीक्षाहरु आगामी मंसिर तेस्रो सातदेखि सुरु हुने गरी असोज २५ गतेभित्र परीक्षाको तालिका प्रकाशन गर्ने सहमति भएको छ ।

त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्ले नियम लत्याएर समाजशास्त्र केन्द्रीय विभागको प्रमुखमा सह–प्राध्यापक युवराज लुइँटेल र भाषाविज्ञान केन्द्रीय विभागमा प्राडा बलराम प्रसाईंलाई गरेको नियुक्ति सच्याउन राजी भएको छ ।

यता नेविसंघ त्रिवि समितिले पनि त्रिविका पदाधिकारी निषेध लगायतका सम्पूर्ण आन्दोलन फिर्ता लिएको छ । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसको भातृ संस्था नेविसंघले पछिल्लो सयम विभिन्न माग राखेर प्रदर्शन गर्दै आएको थियो ।

हेर्नुहोस् सहमतिका बुँदाहरु–