
काठमाडौं, ९ असोज । नेपाली बजारमा स्थापित नाम हो, मारुती सुजुकी ।
नेपालमा मारुती सुजुकीको बजारीकरण चौधरी ग्रुपअन्तर्गतको सीजी मोटोकर्पले गरिरहेको छ । मारुती सुजुकीले आम ग्राहकको चाहनाअनुसार सस्तोदेखि महँगो मूल्यसम्मका कारहरू उत्पादन गर्दै आएकाले नेपाली ग्राहकको मन जित्न सफल भएको सिजी मोटोकर्पले बताएको छ ।
यो कम्पनीले विभिन्न १५ वटा मोडेलका ३५ वटा भन्दा बढी भेरियन्टहरू नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ । राम्रो माइलेज, सबैका लागि अनुकुल मूल्य, स्पेयर्स पार्टसको सहज उपलब्धता तथा रिसेल भ्यालुका कारण सुजुकीका कारहरू नेपालमा अत्यधिक रुचाइएको सीजी मोटोकर्पका प्रमुख बजार प्रबन्धक करुण शाक्य बताउँछन् ।
सुजुकीका गाडीमा आधुनिक सेफ्टी सिस्टमहरू प्रयोग भएको, मेन्टिनेन्स कष्ट अरुभन्दा कम हुनु, ठूलो सेल्स र सर्भिस नेटवर्क भएका कारण पनि ग्राहकहरू सुजुकीको गाडी किनेपछि पछुताउनु नपर्ने उनको भनाइ छ ।
सीजी मोटोकर्पले न्यूनतम १८ लाख ९९ हजार रूपैयाँदेखि अधिकतम ४९ लाख रूपैयाँसम्मका एसयूभी, भ्यान र स्मल कमर्सियल भेइकलहरू उपलब्ध गराउँदै आएको छ ।
विभिन्न मोडेलका विशेषता र नेपाली बजारमूल्यको अवस्था–
एल्टो ८००

यो गाडीकोे शुरूवाती मूल्य १८ लाख ९९ हजार रूपैयाँ तोकिएको छ । सुरक्षालाई दृष्टिगत गरी कम्पनीले यो कारमा अतिरिक्त सेफ्टी फिचर पनि राखेको छ । यसमा बीएस–६ इन्जिन समावेश गरिएको छ । ७९६ सीसीको ३ सिलिन्डर पेट्रोल इन्जिन जडान गरिएको छ । यसले ४७ बीएचपी अधिकतम पावर र ६९ एनएमको पिक टर्क जेनेरेट गर्छ । यसमा रहेको इन्जिनमा ५ स्पिड म्यानुअल गियरबक्स उपलब्ध छ । अल्टो ८०० विशेष गरी ट्याक्सी प्रयोजनका लागि उपयोगी रहेको छ ।
एल्टो के१०

यो कारको शुरूवाती मूल्य २२ लाख ८९ हजार रूपैयाँ तोकिएको छ । एल्टो के१० मा १.० लिटरको पेट्रोल इन्जिन उपलब्ध छ । जसले ६७ एचपीको पावर र ९० एनएमको टर्क जेनेरेट गर्छ । अल्टो के१० इन्जिन बीएस४ रहेको छ । ५ स्पिड म्यानुअल गियरबक्स र एएमटीको विकल्प समेत यो कारमा छ ।
एस–प्रेसो

या कारको शुरूवाती मूल्य २३ लाख ४९ हजार रूपैयाँ तोकिएको छ । ‘एस–प्रेसो’ बजारमा प्रमाणित र स्थापित १.० लिटरको बीएस६ मापदण्डमा आधारित ‘के टेन’इन्जिन जडित छ । जसले पर्फमेन्समा कुनै सम्झौता नगरी अद्वितीय माइलेज दिने कम्पनीको भनाइ छ । ४ वटा भेरियन्टमा उपलब्ध एस–प्रेसोले ५ हजार ५०० आरपीएममा ५० किलोवाट पावर र ३ हजार ५०० आरपीएममा ९० एनएम टर्म जेनेरेट गर्छ ।
सेलेरियो

सेलेरियो कार पर्फेक्ट पारिवारिक कार हो । यसको सुरुवाती मूल्य २४ लाख ९९ हजार रूपैयाँ छ । परिक्षित तथा प्रमाणित अवार्ड विजेता के१० इन्जिनको प्रयोग गरिएको सेलेरियो पर्फेक्ट फ्यामेली कार भएको कम्पनीले बताएको छ । कार चोरी हुनबाट जोगाउन यसमा इम्मोबलाइजर तथा सुरक्षा प्रणालीहरू पनि जडान गरिएका छन् ।
वागन–आर

यो कारको शुरूवाती मूल्य २४ लाख ९९ हजार रूपैयाँ तोकिएको छ । यसमा १.० एल तथा नयाँ ठूलो वागन आरमा शक्तिशाली १.२ लिटरको इन्जिन रहेको छ । यसले २१.५ किलोमिटर प्रतिलिटर तथा २२.५ किमि प्रतिलिटर यात्रा गर्न सकिन्छ । सुजुकीले नयाँ ठूलो वागनआर विकास गर्न करिब ६७० करोड लगानी गरेको बताइएको छ ।
इग्निस

यो कारको मूल्य २७ लाख ९९ हजार रूपैयाँ तोकिएको छ । सस्तो मूल्य, फिचर्स, लुक्स, ग्राउन्ड क्लियरेन्सका कारण ग्राहकले यो कार निकै मन पराएको कम्पनीको भनाइ छ । नेपालको रोड कन्डिसन, माइलेज, सर्भिसिङ चार्ज, सबै हिसाबले यो ग्राहकहरूको रोजाइमा परेको हो । १.२ लिटरको भीभीटी पेट्रोल इञ्जिनको इग्निसमा ४ सिलिन्डर छन् । ५ स्पीड म्यानुअल ट्रान्समिसन रहेको यो कारमा ५ सिट क्षमता छ । ३२ लिटर इन्धन क्षमता रहेको यो कारले प्रतिलिटर २०.८९ किलोमिटरको माइलेज दिने कम्पनीको दाबी छ ।
सेलेरियो–एक्स

नेपाली बजारमा यो कारको मूल्य २८ लाख ६९ हजार रूपैयाँ तोकिएको छ । स्पोर्टी र ट्रेन्डी यो गाडीमा शक्तिशाली के नेक्सट इन्जिन जडान गरिएको छ । यो गाडीले अत्यधिक २३.१ किलोमिटरको माइलेज दिने दाबी कम्पनीको छ ।
स्विफ्ट

२ वटा भेरिएन्ट एसजी र एसएलमा उपलब्ध यो गाडीको शुरूवाती मूल्य ३० लाख ९९ हजार रूपैयाँ तोकिएको छ । यसमा १.२ लिटरको पेट्रोल इन्जिन छ, जसले ९१ पीएस पावर दिन्छ । यसमा १० किलोवाटको इलेक्ट्रिक मोटर राखिएको छ, जसले कम स्पिडमा चल्दा इन्टरनल कम्बसन इन्जिन बन्द भएर इलेक्ट्रिक मोडमा जान्छ । पेट्रोल र विद्युत् दुबै मोडमा चल्ने भएकाले यसलाई हाइब्रिड कार पनि भनिएको छ । यसले ३२ किलोमिटरको माइलेज दिने कम्पनीको दाबी छ ।
डिजायर

यो कारको शुरूवाती मूल्य ३२ लाख ७९ हजार रूपैयाँ तोकिएको छ । युनिक डिजाइन भएको यो कारमा जडित शक्तिशाली इन्जिनले जस्तोसुकै सडकमा पनि उत्कृष्ट परर्फमेन्स दिन सक्ने कम्पनीको दाबी छ । १.२ लिटरको भीभीटी पेट्रोल इञ्जिन छ । यसले ८२ बीएचपी र ११३ एनएचको टर्क जेनेरट गर्छ । यसले २२ किलोमिटर प्रतिघण्टाको माइलेज दिने कम्पनीले बताएको छ ।
बलेनो

हाल नेपाली बजारमा बलेनोको ‘डेल्टा’ र ‘जेटा’ गरी दुई भेरियन्टहरू उपलब्ध छन् भने कम्पनीले ती दुई भेरियन्टहरूको मूल्य क्रमशः ३३ लाख ९९ हजार र ३६ लाख ९९ हजार रूपैयाँ तोकेको छ । बलेनो पेट्रोल र डिजल इन्जिनमा उपलब्ध छ । १.२ लिटर के सिरिज पेट्रोल इन्जिनले ८३ बीएचपी पावर र ११५ एनएम टर्क जेनेरेट गर्छ भने डिजेल इन्जिनले ७४ बीएचपी पावर र १९० एनएम टर्क जेनेरेट गर्छ ।
सिआज

यो कारको शुरूवाती मूल्य ३८ लाख २९ हजार रूपैयाँ तोकिएको छ । सिआज सुजुकीकै एक नयाँ मोडलको सेडान सेग्मेन्टको हाइब्रिड कार हो । १ हजार ३०० सीसी इन्जिन क्षमतामा डिजेल र पेट्रोल दुवै भेरियन्टमा उपलब्ध यो कार लग्जरियस सेडान सेग्मेन्टको भएको कम्पनीले बताएको छ ।
एर्टिगा

यो कारको शुरूवाती मूल्य ३८ लाख ९९ हजार तोकिएको छ । यसमा १.५ लिटर के१५बी, फोर सिलिन्डर पेट्रोल इन्जिन जडित छ । एचएसभीएस टेक्नोलोजीमा आधारित उक्त इन्जिनले १०४.७ पीएस पावरका साथै १३८ एनएम टर्क उत्पादन गर्छ । पाँच स्पीड म्यानुअल ट्रान्समिसन र फोर स्पीड टर्क कन्भर्टर अटोमेटिक ट्रान्समिसन दिइएको छ । स्पोर्टी बडी किट सिल्भर गार्निस, क्रोम बुट, एलइडी–डे टाइम रनिङ लाइट, नयाँ स्टेयरिङ ह्वील यसको अर्को विशेषता हो ।
भिटारा ब्रेजा

यो कारको मूल्य ३९ लाख ४९ हजार रूपैयाँ तोकिएको छ । ५ स्पिड म्यानुअल ट्रान्समिसन रहेको नयाँ कम्प्याक्ट एसयूभी भीएक्सआई र जेडएक्सआई प्लस गरी दुई भेरियन्टमा उपलब्ध छ । नयाँ भिटारा ब्रेजामा सेफ्टी प्याकेजलाई स्ट्यान्डार्डको रूपमा राखिएको कम्पनीको दाबी छ ।
भिटारा ब्रेजा पेट्रोल

यो कारको शुरूवाती मूल्य ४१ लाख ६९ हजार तोकिएको छ । नयाँ ब्रेजामा १.५ लिटरको के१५बी पेट्रोल इन्जिन छ, जसले १०३ बीएचपी पावर र १३८ एनएम टर्क जेनेरेट गर्छ । यसका साथ ५–स्पिड म्यानुअल र ४–स्पिड अटोमेटिक गियरबक्स अप्सन छ । म्यानुअल गियरबक्समा ब्रेजाको माइलेज १७.०३ किलोमिटर र स्मार्ट हाइब्रिड टेक्नोलोजीका साथ आउने अटोमेटिक ट्रान्समिसन भेरिएन्टको माइलेज १८.७६ मिलोमिटर भएको कम्पनीले बताएको छ ।
एसक्रस

यो कारको शुरूवाती मूल्य ४२ लाख ९९ हजार तोकिएको छ । नेपाली बजारमा एसयूभीहरूको भीडमा सुजुकीको एसक्रसले आफूलाई अब्बल क्रसओभर एसयूभीको रूपमा प्रस्तुत गरेको कम्पनीको भनाइ छ । स्मार्ट हाइब्रिड विशेषता रहेको यो कारले १ लिटर इन्धन खपत गर्दा २५ किलोमिटरभन्दा बढी माइलेज दिन्छ । १ हजार २४८ सीसी इन्जिन रहेको यसमा ४ सिलिन्डिर रहेको छ । शहरी तथा अफरोड बाटोमा यात्रा गर्नेहरूका लागि सुजुकी एसक्रस उपयुक्त विकल्पको रूपमा छ ।















प्रतिक्रिया