
काठमाडौं, ८ असोज । राष्ट्रिय जनमोर्चाले मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) खारेज नै गर्नुपर्ने बताएको छ ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले परिमार्जनसहित संसदबाट पारित गर्न गरेको निर्णयप्रति पार्टीको ध्यानाकर्षण भएको बताउँदै उक्त सम्झौता खारेज नै गर्नुपर्ने बताएको छ ।
‘एमसिसी नेपालको असंलग्न परराष्ट्र नीति, सार्वभौमसत्ता, राष्ट्रियता, राष्ट्रिय हितविरुद्ध भएकाले नेपालका विभिन्न राजनीतिक दल, संघ, संस्था र आम जनसमुदायहरुले त्यसको विरोध गर्दै र संघर्ष गर्दै आएका छन्’, राप्रपाले भनेको छ, ‘त्यो सम्झौता अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेशन तथा इन्डो प्यासिफिक रणनीतिको अंग भएकाले उक्त सम्झौताका केही सामान्य विषयवस्तु परिवर्तन गर्दैमा त्यसको सारभूत विषय परिवर्तन हुँदैन ।’
तसर्थ उक्त सम्झौता परिमार्जनसहित पारित गर्ने नभई खारेज नै गर्नुपर्ने तर्क जनमौर्चाको छ ।
समसामयिक विषयहरुमा बिहीबार एक विज्ञप्ति जारी गर्दै सो पार्टीले देशको सीमानामा भइरहेको विवादलगायत विषयमा पनि आफ्नो धारणा सार्वजनिक गरेको छ ।















प्रतिक्रिया