
काठमाडौं, ८ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीका नेता निरञ्जन थापाको संयोजकत्वमा ७ सदस्यीय विधान मस्यौदा समिति गठन गरेको छ ।
पार्टीका अध्यक्षत्रय कमल थापा, पशुपति शमशेर जवरा र डा. प्रकाशचन्द्र लोहनीको बैठकले पार्टीको अन्तरिम विधानलाई पार्टी एकताको आधारपत्रको भावना समेटेर १५ दिनभित्र विधान मस्यौदा प्रतिवेदन पेश गर्ने गरी उक्त समिति गठन गरिएको पार्टीले बताएको छ ।
समितिमा भरतजंग उप्रेती, श्यामबहादुर शाही, भक्ति प्रसाद सिटौला, राजु बस्नेत, चन्द्र काफ्ले र रामशरण पाठक सदस्य छन् ।















प्रतिक्रिया