
काठमाडौं, ८ असोज । नागरिक दैनिकमा कार्यरत सुविद गुरागाईँको अगुवाइमा ४ दिनदेखि जारी सत्याग्रहलाई राष्ट्रिय फोटोपत्रकार समूह एनएफपीजे ऐक्यबद्धता प्रकट गरेको छ ।
आफ्नो श्रमको सम्मान, मासिक तलव नियमित दिनुपर्ने र श्रमजिवी पत्रकारहरुको पेशागत हकहितका लागि नागरिक दैनिकमा कार्यरत गुरागाईं झरीको पर्वाह नगरी पाँच दिने सत्याग्रहमा बसिरहेका छन् ।
गुरागाईंको हौसला र संर्घषका लागि साथ दिन राष्ट्रिय फोटोपत्रकार समूह एनएफपीजे नेपालका महासचिव प्रदीपराज वन्तको नेतृत्वमा केन्द्रीय कमिटीका सम्पूर्ण सदस्यहरुका साथै संस्थाका पूर्वअध्यक्ष कविन्द्रमान साक्यको पनि ऐकेवद्धता हरेको बताइएको छ ।
गुरागाईंको अनशनप्रति ऐक्यबद्धता जनाउन बागदरबार पुगेका फोटोपत्रकारहरुले केहीबेर क्यामेरा डाउन पनि गरेका थिए । सो अवसरमा समूहका महासचिव प्रदिपराज वन्तले पत्रकार मात्र होइन यो कोभिडको क्रममा सधैं अग्रपंक्तिमा रहेर आफ्नो ज्यानको वाजी लगाएर फोटोपत्रकारिता गर्ने कतिपय फोटोपत्रकारहरु पनि ठूला मिडियाबाटै मासिक तलव नपाउने, काम गरेर पनि आधा तलव थाप्न बाध्य पार्ने र फोटोपत्रकार क्लवका अध्यक्ष नै यसको चपेटामा परेको बताए ।















प्रतिक्रिया