३१ आश्विन २०८३, शनिबार

बिदामा रहेकालाई ओमान फर्कन परराष्ट्रको अनुमति नचाहिने

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ असोज । बिदामा नेपाल आएर ओमान फर्किने नेपालीले अब परराष्ट्र मन्त्रालयको अनुमति पर्खिनुपर्ने छैन ।

यससअघि बिदामा रहेका र ओमान फर्कन चाहने नेपालीले पूर्वअनुमति लिन नपर्ने ओमानको कोरोनासम्बन्धी सर्वोच्च समितिले गरेको निर्णय गरेको हो ।

तर, ६ महिना (१८०) दिनभन्दा बढी अवधि ओमानबाहिर रहेकाको हकमा भने ओमानको आरओपीबाट जारी हुने नो अब्जेक्शन सर्टिफिकेट लिएर मात्र जानुपर्छ ।

नो अब्जेक्सन सर्टिफिकेट कम्पनीले नै बिदामा रहेका आफ्नो श्रमिकको स्वदेश फिर्तीका लागि आरओपीमार्फत जारी गर्ने ओमानमा रहेको नेपाली दूतावासले जानकारी दिएको छ ।

यो नयाँ नियम आउँदो अक्टोबर १ देखि लागू हुने बताइएको छ । यसबाट ओमान फर्किने नेपालीले केही सुविधा अनुभूत गर्ने छन् ।