
कैलाली, ८ असोज । सुदूरपश्चिम प्रदेशमा सक्रिय कोरोना संक्रमितको संख्या ९९१ पुगेको छ ।
बुधबार विभिन्न अस्पतालमा गरिएको परीक्षणबाट थप ७९ जना कोरोना संक्रमण पुष्टि भएपछि प्रदेशमा सक्रिय संक्रमितको संख्या ९९१ पुगेको हो ।
सक्रिय संक्रमितमा अछामका १००, बैतडीका ६९, बझाङका ८९, बाजुराका ९, डडेल्धुराका १६, दार्चुलाका ३१, डोटीका १३०, कैलालीका ५१० र कञ्चनपुरका ३७ जना छन् ।
बितेको २४ घण्टामा गरिएको परिक्षणममा कैलालीका ३५, कंचनपुर का १, डोटीका १७, अछामका २६, जनामा संक्रमण पुस्टी भएको सामाजिक बिकास मन्त्रालयका स्वास्थ्य महाशाखाले बताएको छ ।















प्रतिक्रिया