
पाल्पा, ८ असोज । पाल्पाको रम्भा गाउँपालिका–२ फोक्सिङकोटमा पहिरोले दुई वटा घर बगाउँदा ५ जना बेपत्ता भएका छन् ।
पहिरोले सो गाउँपालिकाका हुमबहादुर गाहा र मनबहादुर गाहाको घर पुरिएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार हुमबहादुर गाहाको परिवारका ५ जना नै बेपत्ता भएका भएका हुन् ।
बेपत्ता हुनेहरूमा एकजना पुरुष, २ महिला र २ बालिका रहेका छन् । बुधबार राति अविरल वर्षापछि बेलौजा स्वास्थ्य चौकी नजिकै माथिल्लो भागबाट खसेको ठूलो पहिरोले दुई घर पुरिएको हो।
मनबहादुर गाहाको परिवारका तीन जना भने भागेर ज्यान जोगाउन सफल भएका छन् ।















प्रतिक्रिया