काठमाडौँ, ६ चैत । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आफ्ना निलम्बित अध्यक्ष गणेश थापा अझै थप तीन महिना (९० दिन) सम्म कुनै पनि फुटबल गतिविधिमा सङ्लग्न नहुने निर्णय गरेको जनाएको छ ।
आज यहाँ आयोजित पत्रकार सम्मेलनमा एन्फाका कार्यवाहक अध्यक्ष ललितकृष्ण श्रेष्ठले भन्नुभयो “उहाँले अनुसन्धानलाई सहयोग पुर्याउन आफैले यस्तो निर्णय गरेर एन्फाको आज बसेको कार्यसमितिको बैठकमा सुनाउनुभयो ।”
यसअघि सार्बजनिक लेखा समितिले थापालाई करिब रु ५८ करोड भ्रष्टाचार गरेको आरोप लगाउँदै छानविनका लागि चार महिनाका लागि निलम्बन गरेको थियो र पछि फेरि (६ चैतबाट) फुटबल गतिविधि गर्न पाउने निर्णय गरेको थियो ।
थापा आफैँले पनि विश्व फुटबल महासङ्घ (फिफा) र एसियाली फुटबल महासङ्घ -एएफसी) लाई पत्राचार गर्दै आफू निर्दोष रहेको र दोषी भए छानविन गरेर कारबाही गर्न माग गर्नुभएको थियो ।















प्रतिक्रिया