३१ आश्विन २०८३, शनिबार

एकैदिन करिब २ हजार रुपैयाँ घट्यो सुनको मूल्य, चाँदीको भने बढ्यो

966
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ असोज । मंगलबार नेपाली बजारमा सुनको मूल्यमा करिब २ हजार रुपैयाँले कमी आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला १ हजार ७०० रुपैयाँले घटेको छ । सोमबार ९७ हजार २०० रुपैयाँमा कारोबार भएको सुनको प्रतितोला मूल्य मंगलबार ९५ हजार ५०० रुपैयाँमा झरेको छ ।

यस्तै तेजावी सुन प्रतितोला ९५ हजार रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेर प्रतितोला मूल्य १ हजार ३३० रुपैयाँ पुगेको छ ।