
काठमाडौं, ५ असोज । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ‘नेपाली कांग्रेस जनसम्पर्क समिति समन्वय विभाग’ मा ३४ जना सदस्य मनोनित गरेका छन् ।
पार्टीको विधान, २०१७ (संशोधनसहित) को धारा २५ (९) बमोजिम ती सदस्यहरु मनोनित गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । उनका अनुसार उक्त विभागको प्रमुखमा यसअघि नै पार्टी केन्द्रीय सदस्य गोविन्द भट्टराईलाई नियुक्त गरिसकिएको छ ।
आइतबार मनोनित हुनेहरुमा वीरेन्द्रकुमार माझी (मोरङ), दिलबहादुर गुरुङ (जर्मनी), प्रेमध्वज लामा (सिन्धुपाल्चोक), जानकीलाल बस्नेत (दाङ), कुलप्रसाद गुरुङ (हङकङ), नरेन्द्र भाट (डडेलधुरा/कतार), साम्राज्य विक्रम पाण्डे (कैलाली), तिलकबहादुर भण्डारी (रुकुम), पेमा निमा शेर्पा (ओखलढुंगा), भरत गुरुङ (चितवन) र मनोज मिश्र (धनुषा) रहेका छन् ।
यसैगरी सुरज नायक (अमेरिका), गिरिराज कुँवर (दक्षिण कोरिया), श्री सापकोटा (नुवाकोट), लवराज दाहाल (काठमाडौं), राम श्रेष्ठ (स्याङ्जा), नाचोङ गुरुङ (मनाङ), विष्णुबहादुर रायमाझी (रुपन्देही), दिनामणि पाण्डे (अर्घाखाँची/भारत), कृष्ण सापकोटा (गुल्मी), चित्रबहादुर मल्ल (मुगु), दिलेन्द्र रावल (कञ्चनपुर), प्रज्ञान न्यौपाने (दाङ) र भरत अर्याल (अमेरिका) पनि सदस्यमा मनोनित भएका छन् ।
त्यसैगरी जगदीश न्यौपाने (तनहुँ), मनोज भण्डारी (काठमाडौं), बद्री अर्याल (धादिङ), जगदीश पौडेल (स्याङजा), नन्दु पुनु नेपाली (पर्वत हाल काठमाडौं), सन्तोषप्रसाद रिजाल (मलेसिया/पाँचथर), शेषकान्त पुरी (स्याङ्जा), जगदीश खाँण (नवलपुर), जीवन नेपाल (इलाम) र श्यामप्रसाद उप्रेती (दोलखा) लाई देउवाले उक्त विभागमा मनोनित गरेका हुन् ।















प्रतिक्रिया