
काठमाडौं, ५ असोज । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले नुवाकोटको बञ्चरेडाँडा ल्यान्डफिल साइड निर्माणको काम दशैंअगाडि नै सम्पन्न हुने बताएका छन् ।
काठमाडौं र ललितपुरको फोहोर व्यवस्थापन गरिँदै आएको बञ्चरेडाँडा स्यानीटरी ल्याण्डफिल साइड निर्माणको काम दशैंअगाडि नै सम्पन्न हुने राज्यमन्त्री मानन्धरको भनाइ छ । निर्माणस्थलको अनुगमनपछि राज्यमन्त्री मानन्धरले करिब ९० प्रतिशतकाम सम्पन्न भइसकेको जानकारी दिएका छन् ।

लकडाउनका कारण निर्माणमा केही समस्या भए पनि समयमै सम्पन्न गर्ने लक्ष्यका साथ निर्माणको काम अघि बढीरहेको उनले बताए । आयोजनाका सुपरभाइजर कमल पोखरेलले ८५ प्रतिशतसम्म काम सकिएको बताउँदै वर्षाको समय र लकडाउनका कारण केही ढिला भए पनि अहिले काम तीव्र गतिमा अगाडि बढीरहेको बताए ।
बञ्चरेडाँडामा काठमाडौं उपत्यकाको २ महानगरपालिका र १६ नगरपालिकाको फोहोर व्यवस्थापन हुने छ । यो ल्यान्डफिल साइड निर्माणका लागि संघीय सरकारले १ अर्ब ५६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।















प्रतिक्रिया