३१ आश्विन २०८३, शनिबार

बुटवलमा जग्गा नापजाँचको काम शुरू

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल, ४ असोज । बुटवल उपमहानगरपालिकाले अव्यवस्थित बसोबास तथा भूमिहीनहरूको समस्यालाई दीर्घकालीन रूपमै समाधानका लागि पहल शुरू गरेको छ ।

बुटवल उपमहानगरले अव्यवस्थित बसोबास तथा सुकुम्बासी जग्गाको लगत संकलन गर्दै सबैभन्दा धेरै अव्यवस्थित जग्गा रहेको क्षेत्र वडा नं. ११ मा अहिले दोस्रो चरणको जग्गा नापजाँचको काम सुरु गरिएको हो ।

बुटवलका करिब १६ हजार घरधुरीहरको लागत संकलन गरिसकिएको छ । वडा नं. ११ बाट शुरु भएको जग्गा नापजाँच तथा अभिलेखीकरणको काम अब १९ वटै वडाहरूमा क्रमश हुने बताइएको छ ।