मोडल सोनाम श्रेष्ठलाई मोडलिङ अति नै मन पर्ने क्षेत्र हो ।
यही रहर पूरा गर्न आठ वर्षअघि एउटा फेसन सोमार्फत मोडलिङमा प्रवेश गरेकी सोनाम यही क्षेत्रमा स्थापित हुने सोचमा छिन् ।
मोडलिङसँगै कोरियोग्राफरको रूपमा विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय फेसन सो तथा प्रतियोगिताहरूको लागि उनले काम गर्दै आएकी छिन् ।
धेरै म्युजिक भिडियोहरूमा समेत अभिनय गर्नु भएकी सोनाम एकल एल्बम निकाल्ने तयारीमा छिन् ।
पछिल्लो समय गीत लेखन र सङ्गीत सिर्जनामा साधनारत सोनामलाई यो क्षेत्रमा पनि अलगै पहिचान बनाउने इच्छा छ ।













प्रतिक्रिया