३१ आश्विन २०८३, शनिबार

युवा संघद्वारा सिन्धुपाल्चोकका पहिरो पीडितलाई राहत वितरण

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक, ३ असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट युवा स‌ंगठन राष्ट्रिय युवा संघले सिन्धुपाल्चोकका १८६ घरपरिवारलाई राहत वितरण गरेको छ ।

संविधान दिवसको अवसरमा शनिबार बाह्रबीसे नगरपालिका–७ स्थित भीरखर्क र नागपुजेका पहिरो प्रभावितलाई चामल, दाल, तेल, दाल लगायतका खाद्य सामग्री वितरण गरेको हो ।

प्रतिपरिवार १ बोरा चामलका दरले १८१ बोरा चामल, २५ र ३० किलोको १४ बोरा दाल, १९० लिटर तेल, ८० किलो नुन वितरण गरिएको संगठनका संयोजक रामप्रसाद सापकोटा दीपशीखाले बताए । उनले पूर्ण क्षति भएका १६ घरलाई केही दिनपछि जस्तापाता वितरण गर्ने पनि जानकारी दिए ।

गत भदौ २८ गते राति गएको पहिरोको घटनामा बाह्रबीसेको नागपुजे र भीरखर्कका १६ जनाको शव प्राप्त भएको छ भने १५ जना बेपत्ता छन् ।