३१ आश्विन २०८३, शनिबार

कैलालीमा २३ वर्षीया पत्रकार मृत फेला

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २ असोज । कैलालीमा एक जना पत्रकार मृत भेटिएकी छन् ।

घोडाघोडी नगरपालिका वडा नं. ५ को एक जंगलको रुखमा झुण्डिएको अवस्थामा २३ वर्षीया पत्रकार निर्मला पहराई फेला परेकी हुन् ।
प्रहरीका अनुसार घोडाघोडी वडा नं. ४ घर भएकी उनी कैलाली एफएममा कार्यरत थिइन् ।

मृतक निर्मला केही दिन अघि घरबाट सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ ।

प्रहरीले शवको पोष्टमार्टमका लागि अस्पताल लैजाने तयारी गरिरहेको र घटनाको थप अनुसन्धान भइरहेको बताएको छ ।