काठमाडौँ, ५ चैत । मन्त्रिपरिषद्को आजको बैठकले नेपाल राष्ट्र बैंकका गभर्नरमा प्राध्यापक अर्थविद् डा. चिरञ्जीवी नेपाललाई नियुक्त गरेको छ ।
गभर्नर सिफारिसका लागि अर्थमन्त्री डा रामशरण महतको संयोजकत्वमा गठित सिफारिस समितिको सिफारिसका आधारमा सो निर्णय भएको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री डा मीनेन्द्र रिजालले जानकारी दिनुभयो ।















प्रतिक्रिया