१ कार्तिक २०८३, शनिबार

विद्युत् प्राधिकरणले आज कुलमानको बिदाइ गर्दै

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० भदौ । नेपाल विद्युत् प्राधिकरणले कार्यकारी निर्देशक कुलमान घिसिङको आज विदाइ गर्दै छ ।

आइतबारदेखि कार्यकाल समाप्त भएका घिसिङको विदाइका लागि प्राधिकरणका कर्मचारीले विशेष कार्यक्रमको आयोजना गरेका छन् । कोभिड–१९ का कारण भीडभाड गर्न नमिल्ने भएपछि सीमित कर्मचारी मात्र बसेर बिदाई गर्न लागिएको छ ।

४ वर्षे कार्यकाल पूरा गरेर उनी विदाइ हुन लागेका हुन् । यद्यपि उनको पुनर्नियुक्तिबारे चर्चा सेलाएको भने छैन । सोमबारको मन्त्रिपरिषद्को बैठकमा उर्जा मन्त्रालयले उनैलाई नियुक्ति दिनेगरी प्रस्ताव लगेको भए पनि त्यसबारे छलफल भएको छैन ।

अन्य व्यक्तिको नियुक्तिबारे समेत खासै चर्चा नभएका कारण उनको पुनर्नियुक्तिको सम्भावना अझै नटरेको बताइन्छ । तर, प्रधानमन्त्री केपी ओली कुलमानप्रति सकारात्मक छैनन् र घिसिङको पुनर्नियुक्तिमा कानूनी अड्चन रहेको बताउँदै आएका छन् । उद्यपि उनले यसबारे थप बझ्ने बताएका छन् ।

प्रधानमन्त्रीको यो तर्कका आधारमा चाहिँ घिसिङ पुनः नियुक्ति हुने सम्भावना लगभग टरेको छ । तर, जनस्तरबाट समेत घिसिङलाई पुनर्नियुक्ति गर्नुपर्ने आवाज उठिरहेका बेला भने सरकारले कस्तो कदम चाल्ने हो हेर्न बाँकी छ ।

यो पनि पढ्नुहोस्–