
काठमाडौँ, २९ भदौ । कुलमान घिसिङको सोमबार पुनर्नियुक्ति भएन ।
कुलमानको पुनर्नियुक्तिबारे कानुनी प्रश्न उठेको भन्दै सरकारले उनको नियुक्तिको प्रस्ताव मन्त्रिपरिषद बैठकमा पुगेपनि छलफल भएन ।
उनीबारे कानुनी प्रश्न उठेकाले नियुक्तिबारे परामर्श गर्न जरुरी रहेकाले सोमबारको मन्त्रिपरिषद बैठकले केही निर्णय नगरेको स्रोतले जनाएको छ ।
ऊर्जामन्त्री वर्षमान पुनले घिसिङको पुनर्नियुक्तिको प्रस्ताव मन्त्रिपरिषदमा लगेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुमै कुलमानको पुनर्नियुक्तिमा कानुनी प्रश्न उठेकाले आफूले थप परामर्श गर्ने बताएका थिए । त्यसपछि मूल विषयमा प्रवेश नै नभएको बताइएको छ ।















प्रतिक्रिया