२९ आश्विन २०८३, बिहिबार

को बन्ला नेपाल राष्ट्रको बैकको गर्भनर ?

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

national-bank-nepal1काठमाडौं, ५ चैत । सरकारले आज नेपाल राष्ट्र बैंकको गभर्नरको टुबगो लगाउने भएको छ । आज बस्ने मन्त्रीपरिषदको बैठकले गभर्नरको टुबगो लगाउने भएको हो । गभर्नर नियुक्तीका लागि सिफारिस गर्न गठित समितिले हिजो तीनजनाको नाम सिफारिस गरेको छ ।

अर्थमन्त्री डा रामशरण महतको संयोजकत्वमा गठित समितले प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा चिरञ्जीवी नेपाल, राष्ट्र वैकका डेपुटी गभर्नरहरु महाप्रसाद अधिकारी र गोपाल काफ्लेको नाम सिफारिस गरेको हो ।

अर्थमन्त्री डा महतले नयाँ गभर्नरको टुबगो आज लाग्ने बताउदै गभर्नर नियुक्तिमा कुनै किसिमको विवाद नभएको पनि स्प्ष्ट पार्नुभयो । सिफारिस भएका मध्ये प्रधानमन्त्रीका आर्थिक सल्लाहकार नेपालको संभावना बलियो देखिएको धेरैको भनाई छ ।