
सुर्खेत, २३ भदौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सुर्खेतका सचिव कृष्ण (जितेन्द्र) जिसी र सदस्य रत्न गाहामगरलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रदेश अस्पताल÷पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा १७ गते पीसीआर परीक्षण गरिएको उनीहरुको सोमबार सो रिपोर्ट आएको हो ।
हालसम्म कोरोनाको कुनै लक्षण नदेखिएको तथा आफू सामान्य अवस्थामा जस्तै स्वस्थ रहेको सचिव जिसीको भनाइ छ ।
सामान्य रुघा लागेपछि १७ गते नै पीसीआर परीक्षण गराएका नेकपाका जिल्ला सदस्य रत्न गाहाको रिर्पोट पनि पोजेटिभ आएको छ । संक्रमित भएको रिपोर्ट आएसँगै सचिव जिसी वीरेन्द्रनगरकै एक होटेलको आइसोलेसनमा बसेका छन् भने गाहा होम आइसोलेसन छन् ।















प्रतिक्रिया