११ कार्तिक २०८३, बुधबार

छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ भदौ । सल्यान जिल्लाकाे दार्मा गाउँपालिका-२ छरीखोलास्थित सडकमा दुर्घटना हुँदा एक जनाकाे मृत्यु भएकाे छ ।

रा.१ त २५०१ नम्बरको ट्रयाक्टरबाट झर्ने क्रममा लड्न जाँदा सोही गाउँपालिका सिमलपुर बस्ने ४९ वर्षीय भद्रे खत्रीको शनिबार दिउँसो घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएकाे छ ।

ट्रलीमा सवार खत्री एक्कासी बेहोस भएर लडेको बताइएको छ । ट्रयाक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यता, सप्तरीकाे शम्भुनाथ नगरपालिका-५ तारखाना पुलस्थित सडकमा स १० प ५४६७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा मोटरसाइकलमा चालक सुरुङगा नगरपालिका-७ बस्ने २३ वर्षीय गायाप्रसाद चौधरीको मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका उनको युनिक अस्पताल रुपनीमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

त्यसै, बर्दियाकाे बारबर्दिया नगरपालिका-७ रम्मापुर बस्ने तुलराम थारुकी छोरी ५ वर्षीया स्मारीका थारुको ट्रयाक्टरको ट्रलीबाट खसेर शनिबार दिउँसो मृत्यु भएको छ ।

सोही ठाउँमा पार्किङ गरी राखेको ट्रयाक्टरको ट्रलीमा खल्ने क्रममा एक्कासी ढाला खुल्न गई स्मारीका भुईमा खस्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।