
काठमाडौं, १९ भदौ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका १४ जनाको मृत्यु भएको छ ।
१० जना पुरुष र ४ जना महिला संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।
मृत्यु हुनेमध्ये ३ जना उपत्यकाका छन् । अन्य मृतकहरु सप्तरी, प्युठान, पाल्पा, सुर्खेत र चितवनलगायत स्थानका छन् ।
यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २७१ पुगेको छ ।















प्रतिक्रिया