
धादिङ, १९ भदौ । धादिङको निलकण्ठ नगरपालिका–१३ स्थित खलचेतमा एक पुरुषको हत्या भएको छ ।
हत्यापछि हत्या गरिएका व्यक्तिको टाउको र हत्यामा प्रयोग भएको खुर्पा बोकेर हत्यारा आफै प्रहरीकोमा आत्मसमर्पण गर्न पुगेका छन् ।
२६ वर्षीय राजु परियारले सोही ठाउँका ६४ वर्षीय सोमबहादुर गुरुङको बिहीबार राती हत्या गरेका हुन् । बिहीबार राती साढे १० बजे परियारले खुर्पाले हानेर गुरुङको हत्या गरेको जिल्ला प्रहरी कार्यालय धादिङले बताएको छ ।
राती करीब १ बजे हत्यारा स्वयंले गुरुङको टाउको र हत्यामा प्रयोग भएको खुर्पा बोकेर प्रहरी कार्यालयमा आत्मसमपर्णका लागि आएको बताइएको छ ।
आन्तरिक विवाद बढ्दै गएपछि साथमा रहेको खुर्पाले काटेर गुरुङको हत्या गरेको परियारले प्रहरीलाई बताएका छन् । घटना हुनुअघि दुबै जनाले मदिरा सेवन गरेका थिए । सामान्य विवाद हुँदा गुरुङको हत्या भएको प्रहरी प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।















प्रतिक्रिया