
काठमाडौं, १९ भदौ । शुक्रबार सुन प्रतितोला १०० रुपैयाँले घटेको छ ।
बिहीबारको तुलनामा १०० रुपैयाँ घटेर प्रतितोला ९६ हजार ४०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार छापावाल सुन प्रतितोला ९६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, तेजाबी सुन प्रतितोला ९५ हजार ९०० रुपैयाँमा कारोबार भएको छ ।
त्यस्तै आज चाँदी तोलामा ३५ रुपैयाँ घटेर तोलाको १ हजार ३१० रुपैयाँ कायम भएको महासंघले बताएको छ ।















प्रतिक्रिया