१ कार्तिक २०८३, शनिबार

प्रदेश १ र गण्डकी प्रदेशमा शुक्रबार ठूलो पानी पर्ने सम्भावना

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ भदौ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले शुक्रबार प्रदेश १ र गण्डकी प्रदेशको एक–दुई ठाउँमा भारी वर्षाको सम्भावना रहेको बताएको छ ।

देशका अरु ठाउँमा भने सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेको छ । आज दिउँसो देशका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना छ ।

राती पनि प्रदेश १ र गण्डकी प्रदेशको एक, दुई ठाउँबाहेक अरु ठाउँमा मेघगर्जनसहित सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना छ । अहिले पानी पार्ने कुनै पनि प्रणाली नेपालमा नभएकाले देशका सबैजसो ठाउँमा ठूलो पानी वा झरी पर्ने सम्भावना छैन ।

भोलि र पर्सि पनि देशभरकै मौसम आंशिकदेखि सामान्य बद्ली भएर हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना छ ।