
पोखरा, १९ भदौ । पोखरामा थप १६ जनासहित गण्डकी प्रदेशमा ४० जना कोरोना संक्रमित थप भएका छन् ।
स्वास्थ्य निर्देशनालय गण्डकीले बिहान कास्कीको पोखरा महानगरका १६ जनासहित प्रदेशका तनहुँ, स्याङजा, बागलुङ, लमजुङ र नवलपुर जिल्लामा गरी ४० जनामा कोरोना भाइरस देखिएको बताएको हो ।
संक्रमण पुष्टि हुनेमा पोखरा महानगरका ७ वटा वडाका २३ देखि ५० वर्ष उमेर समुहका महिला तथा पुरुष रहेको निर्देशनालयले जनाएको छ । शुक्रबार बिहान महानगरका ५, १०, १२, १४, १५, २७ र ३० वडाहरुमा संक्रमण देखिएको हो ।
निर्देशनालयले पोखरा–१५ मा संक्रमण पुष्टि हुने २६ देखि ३१ वर्ष उमेर समूहका ७ जना नेपाल प्रहरीमा कार्यरत पुरुषहरु रहेको उल्लेख गरेको छ ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ३ सय ५२ पुगेको छ ।















प्रतिक्रिया