११ कार्तिक २०८३, बुधबार

तुलसीपुरमा तास खेल्ने १३ जनाकाे गिराेह पक्राउ

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

घाेराही, १९ भदौ । दाङ जिल्लाकाे तुलसीपुर उपमहानगरपालिका-१४ पदमपुर बस्ने निमबहादुर केसीको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३५ वर्षीय मधुकर बस्नेत समेत १३ जनालाई बुधबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।

तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय दाङबाट खटीएको प्रहरीले उनीहरूलाई ६३ हजार ८ सय ४० रुपैयाँ नगद र ६ गड्डी तास सहित फेला पारी पक्राउ गरेको हो ।