१ कार्तिक २०८३, शनिबार

इजाजतविनाको औषधिसहित ३ जना पक्राउ

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ भदौ । बिना इजाजतको औषधिसहित ३ जनालाई हरिनगर गाउँपालिका-२ भुटाहा सिसुवा धरमपुरस्थित सडकबाट बुधबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-१ बस्नेहरू ३७ वर्षीय अख्तर मियाँ, २२ वर्षीय एहरमान अन्सारी र ३२ वर्षीय मुख्तर आलम छन् ।

बिना इजाजतका विभिन्न औषधि लिई मानिसहरु आउँदैछन् भन्ने विशेष सूचनाको आधारमा खटिएको प्रहरीले जाँच गर्नेक्रममा अख्तर मियाँलाई २ हजार ९ सय ८० ट्याबलेट निमोस-पी, ४ हजार ९ सय ८० क्याप्सुल भाईवेल, ८ सय ट्याबलेट Zenegra Red,  ८ ट्याबलेट स्पास्मो प्रोक्सीभन, र ६० ट्याबलेट नाइट्राभेटसहित पक्राउ गरेको हो ।

यसैगरी एहरमान अन्सारीलाई ४३ थान laboat-syrinj Injecrion, १२० क्याप्सुल, पुरुष जिवन क्याप्सुल, १९५ थान Dermikem oc मलम, १२ हजार ट्याबलेट Cetsol, ७९० क्याप्सुल pantoprazole Gastro resistant-p40 DSR, १४ हजार  ट्याबलेट Acelorlam sp,  ४०० ट्याबलेट Zenegra Red-100, ३ हजार ५९० ट्याबलेट P40-D र ८४ वटा KT5 Dermcream मलमसहित पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक कारवाहीको लागि औषधी विभागको कार्यालय विराटनगर पठाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।