१ कार्तिक २०८३, शनिबार

सुनको मूल्यमा प्रतितोला ९०० रुपैयाँ वृद्धि

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ भदौ । नेपाली बजारमा मंगलबार सुनको मूल्य ९०० रुपैयाँले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार बढेर तोलामा ९८ हजार ४०० रुपैयाँमा कारोबार भएको छ ।

यस्तै तेजावी सुनको मूल्य मंगलबार तोलामा ९७ हजार ९०० रुपैयाँ कायम भएको छ भने प्रतितोला ३० रुपैयाँले वृद्धि भइ चाँदी तोलामा १ हजार ३९५ रुपैयाँमा कारोबार भएको छ ।