
काठमाडौं, १६ भदौ । सुन्धारास्थित केन्द्रीय कारागारमा मंगलबार ३ जना कैदीबन्दीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा एक जना ४० वर्षीय पुरूष कोरोना संक्रमित हुन् भने एक जनाको स्वाब परीक्षणको रिपोर्ट आउन बाँकी छ । मृतक ४० वर्षीयमा भदौ १० गते कोरोना भाइरसको संक्रमण देखिएको थियो । उनको सोमबार राती मेघा अस्पतालमा मृत्यु भएको हो ।
यस्तै अन्य दुई जना ६० वर्षीय र ६४ वर्षीय पुरूषको मंगलबार बिहान वीर अस्पतालमा मृत्यु भएको हो । उनीहरुमध्ये १ जनाको कोरोना रिपोर्ट भदौ ५ गते नेगेटिभ आएको थियो भने अर्का व्यक्तिको स्वाब परीक्षणका लागि पठाइएको बताइएको छ ।















प्रतिक्रिया