
कैलाली, १६ भदौ । कैलालीमा एक जना घरबेटीले आफ्नै घरमा डेरा गरी बने महिलालाई बलात्कार गरेका छन् ।
धनगढी उपमहागरपालिका–७ का २८ वर्षीय श्रीराम रानाले आफ्नै घरमा डेरा गरी बस्ने महिलालाई बलात्कार गरेको प्रहरीले बताएको छ ।
बलात्कारी भनिएका घरबेटीलाई प्रहरीले आइतबार पक्राउ गरिसकेको बताएको छ । ज्यालादारी काम गर्ने ती महिलाका श्रीमान् काममा गएका बेला कोठामा गएर धम्की दिई जबरजस्ती करणी गरेको प्रहरीको भनाइ छ ।
करणी गरेर फरार भएका रानालाई पक्राउ गरी प्रहरीले अनुसन्धान गरिरहेको छ ।















प्रतिक्रिया