
बुटवल, १६ भदौ । रुपन्देहीको ४ वटा स्थानीय तहमा थप ६३ संक्रमित भेटिएका छन् ।
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको पीसीआर परीक्षणमा सो संख्यामा कोरोना पुष्टि भएको हो । बुटवल उपमहानगरपालिकाका ३१ जना, तिलोत्तमा नगरपािलकाका १६ जना, रोहिणी गाउँपालिकाका १५ जना र सियारी गाउँपालिकाका १ जनामा संक्रमण पुष्टि भएको हो ।
यो सँगै रुपन्देहीमा कोरोना संक्रमितको संख्या एक हजार ६४ पुगेको छ ।















प्रतिक्रिया