१ कार्तिक २०८३, शनिबार

कोरोना संक्रमणबाट काठमाडौंमा पूर्वन्यायाधीशको मृत्यु

588
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ भदौ । कोरोना संक्रमणबाट काठमाडौंमा मंगलबार एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पूर्वन्यायाधीश माधवप्रसाद चालिसे छन् । उनको काठमाडौंको बाँसबारीस्थित गंगालाल हृदयरोग केन्द्रमा मृत्यु भएको हो ।

लामो समयदेखि मुटुसम्बन्धी समस्याबाट पीडित ७० वर्षीय चालिसे ५ दिनअघि अस्पताल भर्ना भएका थिए । उपचारकै क्रममा उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

उनी तत्कालीन पुनरावेदन अदालत पोखराको मुख्य न्यायाधीशबाट सेवा निवृत्त भएका थिए ।