
काठमाडौं, १५ भदौ । कोरोना संक्रमणबाट नेपालमा पहिलोपटक स्वास्थ्यकर्मीको मृत्यु भएको छ ।
महोत्तरीको मनरा सिसवा—४ का ३५ वर्षीय हेल्थ असिस्टेन्ट (एचए) लाई उपचारका लागि काठमाडौं ल्याइँदै गर्दा बाटैंमा मृत्यु भएको महोत्तरीका कोभिड फोकल पर्सन वीरेन्द्र कुमार झाले जानकारी दिए ।
उनको ललितपुरस्थित बयोधा हस्पिटलमा स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो । महोत्तरीमै मेडिकल सञ्चालन गरेका उनी उनी ७ भदौमा बिरामी परेका थिए ।
मृतकको परिवारका अन्य सदस्यहरु पनि औषधि व्यवसायमा नै संलग्न रहेको र अन्य सदस्य पनि कोरोना संक्रमित भएको झाले जानकारी दिए ।















प्रतिक्रिया