१ कार्तिक २०८३, शनिबार

सोमबार देशभर थपिए ८९९ जना संक्रमित

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ भदौ । सोमबार देशभर ८९९ जना कोरोना संक्रमित थपिएका छन् ।

देशभरको प्रयोगशालामा ११ हजार ४९० नमुना परीक्षण गर्दा ३०३ महिला र ५९६ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

जम्मा संख्यामध्ये पछिल्लो २४ घण्टामा काठमाडौंमा १९०, भक्तपुरमा ४१ र ललितपुरमा ६७ जनामा संक्रमण पुष्टि भएको छ ।

यो सँगै संक्रमित हुनेको संख्या ३९ हजार ४६० पुगेको छ । त्यसमध्ये २२८ जनाको मृत्यु भएको छ भने २१ हजार ४९० जना कोरोनामुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा ५८८ जना डिस्चार्ज भएका छन् ।