
काठमाडौँ, १४ भदौ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका थप १३ जना प्रहरीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
यससँगै रानीपोखरीमा कार्यरत संक्रमित प्रहरीको संख्या २८ पुगेको छ ।
उनीहरुमा कपाल काट्ने प्रहरीबाट संक्रमण फैलिएको थियो ।
त्यस्तै, केन्द्रीय कारागार सुरक्षाको जिम्मा पाएको महानगरीय प्रहरी अनाश्रित सशस्त्र प्रहरी गुल्मका २६ जना प्रहरीमा पनि कोरोना पोजेटिभ देखिएको छ ।
यससँगै केन्द्रीय कारागारमा संक्रमितको प्रहरीको संख्या ५६ पुगेको छ ।















प्रतिक्रिया