६ कार्तिक २०८३, शुक्रबार

आइतबार एकैदिन थप १२ सय २१ जनामा कोरोना पुष्टि, थप १४ को मृत्यु

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १४ भदौ । नेपालमा थप १ हजार २ सय २१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

आइतबार नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर १ हजार २ सय २१ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

संक्रमितहरुमा ३ सय ४८ महिला र ८ सय ७३ पुरुष रहेका छन् ।  यससँगै संक्रमितको संख्या ३८ हजार ५ सय ६१ जना पुगेको छ ।

त्यस्तै, मन्त्रालयका अनुसार गत २४ घण्टामा थप २ सय ६७ जनाले कोरोना जितेका छन् । योसहित निको हुनेको संख्या २० हजार ७ सय २२ जना पुगेको छ ।

हाल देशभर १७ हजार ५ सय १८ जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा थप १२ हजार १७ जनाको पीसीआर परीक्षण भएको थियो ।

त्यस्तै, मन्त्रालयका अनुसार गत २४ घण्टामा थप १४ जनाको मृत्यु भएको छ । यससँगै मृतकको संख्या २ सय २१ जना पुगेको मन्त्रालयले जनाएको छ । मृत्यु हुनेमा ४ महिला र १० पुरुष रहेका छन् ।