६ कार्तिक २०८३, शुक्रबार

बाली र पशु बीमामा कृषकको आकर्षण

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

रुकुमपश्चिम, १४ भदौ । मुसीकोट नगरपालिकाका कृषकले यस वर्ष पनि निःशुल्क बाली र पशु बीमाको सेवा पाउने भएका छन् ।

गत आर्थिक २०७६र०७७ देखि शुरू भएको निःशुल्क बीमा कार्यक्रम यस वर्ष पनि सञ्चालन हुने भएको छ ।

पशु तथा कृषि पेशामा आवद्ध कृषकलाई प्रोत्साहन गर्न संघीय सरकारले बीमाको व्यवस्था गरेको छ। बीमावापतको ७५ प्रतिशत रकम सरकारले र २५ प्रतिशत कृषकले व्यहोर्छन्।

मुसीकोट नगरपालिकाले कृषकले तिर्नुपर्ने २५ प्रतिशत तिरिदिने गरेको छ। सङ्घीय र स्थानीय सरकारले रकम व्यहोरेपछि नगरपालिकाका कृषकले गत वर्षदेखि निःशुल्क पशु र बाली बीमाको सुविधा पाइरहेका छन् ।

सो कार्यक्रमलाई चालु आर्थिक वर्षमा पनि निरन्तरता दिइएको नगर प्रमुख देवीलाल गौतमले बताए। कृषकको आकर्षण राम्रो भएको र व्यावसायिक रुपमा कृषि पेशामा लाग्न मद्दत पुगेकाले निरन्तरता दिइएको उनले बताए।

यस वर्ष नगरपालिकाले पशु र बाली बीमाका लागि दुईरदुई लाख बजेट विनियोजन गरेको छ। गत वर्ष दुई हजार २१४ पशुको बीमा गरिएको थियो । –रासस