
मोरङ, १३ भदौ । मोरङमा प्रहरीले हत्या अभियोगमा एक जनालाई पक्राउ गरेको छ ।
बेलबारी नगरपालिका ५ बस्ने ४० वर्षीय चन्द्र कुमार राईलाई धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ३२ वर्षीय जितेन चौधरीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
सामान्य वादविवादमा जितेन चौधरी लगायत ४ जनाको समुहले राईलाई धारिलो हतियार प्रहार गर्दा गम्भीर घाइते भई उपचारको लागि बिराट मेडिकल कलेज बिराटनगर लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको हो ।
घटनामा संलग्न फरार अन्य ३ जनाको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।















प्रतिक्रिया