६ कार्तिक २०८३, शुक्रबार

बुटवलको गौतमबुद्ध मुटु अस्पतालका थप ६ स्वास्थ्यकर्मीमा कोरोना पुष्टि

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १३ भदौ । रुपन्देहीको बुटवलको गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा थप ६ जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको छ ।

यससँगै अस्पतालमा ९ जना स्वास्थ्यकर्मीमा संक्रमण देखिएको छ ।

स्वास्थ्यकर्मीमा नै संक्रमण देखिएकोले अर्काे सूचना नआउँदा सम्मका लागि अस्पताल बन्द गरिएको अस्पतालका अध्यक्ष एजाज आलमले बताए ।

‘अस्पतालमा उपचाररत बिरामीलाई डिस्चार्ज गरी सरसफाई र सबै कर्मचारीको पीसीआर परीक्षण गर्नेछौं’, उनले भने, ‘जाँचका लागि आउने बिरामीले स्वाब परीक्षणको रिपोर्ट लिएर आउनुहुन्थेन, संक्रमण कहाँबाट भयो भन्ने अन्योलता छ ।’