
काठमाडौँ, १३ भदौ । काठमाडौँ उपत्यकामा थप १ सय ८६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
शनिबार नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा काठमाडौँमा १ सय ५५, ललितपुरमा १९ र भक्तपुरमा १२ गरी उपत्यकामा १ सय ८६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।
देशभर शनिबार थप ८ सय ८४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।















प्रतिक्रिया