
काठमाडौँ, १३ भदौ । नेपालमा थप ८ सय ८४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
शनिबार नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर ८ सय ८४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।
संक्रमितहरुमा २ सय ४२ महिला र ६ सय ५२ पुरुष रहेका छन् । यससँगै संक्रमितको संख्या ३७ हजार ३ सय ४० जना पुगेको छ ।
त्यस्तै, मन्त्रालयका अनुसार गत २४ घण्टामा थप ३ सय १३ जनाले कोरोना जितेका छन् । योसहित निको हुनेको संख्या २० हजार ५ सय ५५ जना पुगेको छ ।















प्रतिक्रिया