६ कार्तिक २०८३, शुक्रबार

आफन्त नआएर अलपत्र परेको कोरोना संक्रमितको शव ४ दिनपछि उठाइयो

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १३ भदौ । कोरोना संक्रमित पुरुषको शव ४ दिनपछि मात्रै उठाइएको छ ।

महोत्तरीका ६१ वर्षीय संक्रमित पुरुषको शव विराटनगरको न्युरो अस्पतालबाट ४ दिनपछि उठाइएको हो । उनको गत मंगलबार राती ११ बजे मृत्यु भएको थियो ।

परिवारका सदस्य र आफन्त सम्पर्कमा नआएपछि तथा महोत्तरी प्रशासनले बेवास्ता गर्दा उठ्न नसकेको शव अस्पतालमै अलपत्र परेको थियो ।

अस्पतालका अनुसार महोत्तरी प्रशासनले ध्यान नदिँदा शव उठ्न नसकेको हो । मृतकको उपचारमा कुरुवाको रुपमा छोरा रहेका थिए । तर मृत्युपछि छोरा पनि सम्पर्कविहीन बनेको अस्पतालको भनाइ छ । त्यसपछि मृतक पुरुषको शव अस्पतालले शव गृहमा लगेर राखेको थियो ।

मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाको पहलमा शव एम्बुलेन्समा राखेर शनिबार महोत्तरी पठाइएको छ । आफन्तलाई निकै खोजी गरिए पनि चासो नदिएपछि मोरङ प्रशासनले नै शवलाई महोत्तरी पठाइदिएको हो ।

मृतक पुरुषमा भदौ ७ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।