६ कार्तिक २०८३, शुक्रबार

नेपाल आइडलका एक सदस्यमा कोरोना पुष्टि, जज तथा प्रतिस्पर्धीहरु अनुपस्थित

756
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १२ भदौ । नेपाल आइडलका एक सदस्यमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

संक्रमण देखिएपछि नेपाल आइडल सिजन ३ को ग्राण्ड फिनालेमा जज तथा प्रतिस्पर्धीहरु अनुपस्थित थिए ।

‘ग्राण्ड फिनालेका सम्पूर्ण प्रस्तुतीहरु सकिएपश्चात नेपाल आइडल निर्माण टोलीका एक सदस्यलाई कोरोना पोजेटिभ देखिएको सूचना प्राप्त हुन आएकोले प्रस्तुती पछाडिका सम्पूर्ण कार्यक्रम स्थगित गर्दै नेपाल आइडलका प्रतिस्पर्धी तथा जजहरु आइसोलेसनमा जानुपर्ने बाध्यता आइलाग्यो ।’ नेपाल आइडल निर्माण पक्षले भनेको छ ।

शुक्रबार बेलुका अन्न्पूर्ण मिडिया नेटवर्कका अध्यक्ष रामेश्वर थापाले प्राप्त भोट तथा जजको मूल्यांकनको आधारमा सिजन ३ को घोषणा गरेका छन् ।

सिजन ३ को विजेता सज्जा चौलागाई बनेकी छन् ।