
काठमाडौँ, १२ भदौ । सिराहामा कोरोनाका कारण मृत्यु भएकाको शव व्यवस्थापनमा स्थानीयले अवरोध गरेका छन् ।
स्थानीयले आफूहरुमा पनि संक्रमण फैलिन सक्ने भन्दै सुखिपुर नगरपालिका ८ स्थित खोला छेउको सार्वजनिक जग्गामा स्थानीय ६५ वर्षीय कोरोना संक्रमित पुरूषको शव व्यवस्थापन गर्न खोज्दा अवरोध गरेका हुन् ।
मृतक पुरुषमा भदौ ८ गते कोरोना पुष्टि भएको थियो । उनको बीपी कोइराला स्वास्थ्य विज्ञान तथा प्रतिष्ठान धरानमा उपचारको क्रममा बिहीबार मृत्यु भएको थियो ।
उनको शव व्यवस्थापनका लागि आफ्नै गाउँ फर्काइएको थियो ।
पहिलेदेखि नै बिरामी भएका ति पुरुषमा मुटुको पनि समस्या रहेको अस्पतालले जनाएको छ । उनको शव व्यवस्थापनमा अवरोध गर्दै स्थानीयले ढुंगामुढा समेत गरेका थिए ।
जिल्ल प्रहरी कार्यालयका अनुसार स्थानीय धेरै अवरोध गरेपछि प्रहरीले केही बल प्रयोग गरेर शव व्यवस्थापन गरेको जनाएको छ ।
त्यहाँ प्रहरी र सशस्त्र प्रहरी गरी करिब डेढ सय जना परिचालनन गरिएको थियो ।















प्रतिक्रिया