
काठमाडौँ, १२ भदौ । कोरोनाभाइरस संक्रमणका कारण प्रदेश २ मा शुक्रबार थप ५ जनाको मृत्यु भएको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार मृत्यु हुनेमा बाराका ७७ वर्षीय, महोत्तरीका ३७ वर्षीय, ७४ वर्षीय र ६० वर्षीय पुरुष रहेका छन् र सिरहाकी ६५ वर्षीया एक जना महिला रहेकी छन् ।
शुक्रबार धनुषामा १० महिलासमेत १९ जना, महोत्तरीमा पाँच जना महिलासमेत १३ जना, सिरहामा दुई जना महिला, बारामा दुई जना महिलासमेत पाँच जना, पर्सामा एक जना पुरुष, सर्लाहीमा पाँच महिलासमेत १३ जना, रौतहटमा पाँच जना महिलासमेत २० जना र सप्तरीमा दुई जना महिलासमेत छ जना संक्रमित भएका छन् ।
प्रदेश २ मा शुक्रबारसम्म मृतकको संख्या ७७ पुगेको छ भने कुल संक्रमितको संख्या एक हजार चार सय ३१ जना महिलासमेत ९ हजार ६ सय ३० जना पुगेको छ ।
तीमध्ये चार हजार छ सय ४८ जना कोरोना संक्रमणमुक्त भएका छन् । शुक्रबार मात्रै २२ जना महिलासमेत १५२ जना निको भएर डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।















प्रतिक्रिया